२ जेठ २०८१, बुधबार

रविको पार्टीका बझाङ जिल्ला संयोजकद्वारा पत्रकार अपहरण र कुटपिट

  • ९ साउन २०८०, मङ्गलबार
Image

काठमाडौं- रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ जिल्ला संयोजकले पत्रकारलाई अपहरण गरी कुटपिट गरेको घटना बाहिर आएको छ। रास्वपाका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका हुन्।

बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ।

खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर