३१ असार २०८१, आइतबार

हिन्दु राष्ट्र नलेखिएको संबिधान दिवस मनाउन सकिंदैन -शंकर भण्डारी (भिडियो सहित)

  • ५ साउन २०८०, शुक्रबार
Image

४ दिन देखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारी संबिधान दिवस मनाउन नहुने बताएका छन्।

उनले भने कांग्रेसको नेतृत्वले २०४७ सालमा ल्याएको संबिधानमा हाम्रो अपनत्व थियो अहिले बनेको संबिधानमा छैन।

उनले संबिधान जारी गर्ने बेलामा एउटा सम्झौताको दस्ताबेजको रुपमा बाध्यात्मक अवस्थामा अपरिहार्य जारी गरेको कुरा सबैलाई जानकारी भएको पनि बताएका छन् | 

उनले थपे,' त्सर्थ हाम्रो सनातन धर्म विरुद्धमा योजनाबद्ध ढङ्गले नै धर्मनिर्पेक्ष शब्द घुसाईएको छ यसलाई बदल्नु पर्छ।

त्यसैले विवादास्पदमा रहेको संबिधानलाई नेपाली काँग्रेसले दिवस मनाउन नहुने उनको तर्क छ।नेपाली कांग्रस यसको बारे बोल्न पनि आग्रह गरे। नेता भण्डारी लामो समय देखि हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आइरहेका छन्।  


प्रतिक्रिया

सम्बन्धित खवर