१० असार २०८१, आइतबार

बिपद् व्यवस्थापनबारे एक दिन अभिमुखी कार्यक्रम संम्पन्न

  • २३ असार २०८०, शनिबार
Image

काठमाडौं महानगरपालिका वडा नं ९ ले बत्तिसपुलीको अनुपम फुडल्याण्डमा १ दिने बिपद् व्यवस्थापन सम्बन्धी अभिमुखि कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा आगो लागीबाट हुन सक्ने दुर्घटनाहरुको कारण र चुनौतहरुको पहिचान गरी आफु तथा आफ्नो समुदायलाई कसरी सुरक्षित राखन सकिन्छ र बिपद् पर्दा अपनाउनु पर्ने सावधानीहरु के के हुन् कसरी पहिचान गर्ने र सुरक्षाका उपायहरु बारे लिखित एब्म प्रत्यक्ष प्रदर्शन गरी सिक्न र सिकाउनको लागी एक दिने कार्यशाला आयोजना गरेको वडा अध्यक्ष रामजी भण्डारीले जानकारी दिए ।स्थानीय वासी एबम सामाजिक संघ सस्थाका  प्रतिनिधिहरुको उपस्थितिमा आयोजीत कार्यक्रमले कुनै समय आफ्नो वारीपरी आगलागी तथा अन्य यस्ता घटनाहरुलाई रोकथाम गर्न आत्मबल र ज्ञान बढाएको बिपद् व्यवस्थापन समितिका अध्यक्ष वडा सदस्य श्रीराम राईले बताए।





प्रतिक्रिया

सम्बन्धित खवर