६ जेठ २०८१, आइतबार

रौतहटमा आमा-छोरी मृत भेटिए

  • १६ असार २०८०, शनिबार
Image

रौतहट- रौतहटको मौलापुरमा आमा-छोरी मृत भेटिएका छन्। जिल्लाको मौलापुर नगरपालिका-४ पतौरामा शनिबार बिहान आमा-छोरी मृत फेला परेका हुन्।

२४ वर्षीया माला भन्ने कविता देवी र उनकी २ वर्षीया छोरी आरुही कुमारी घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए। बालिका आरुहीको शव पंखामा झुन्डिएको अवस्थामा र कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको उनले बताए। घटनाको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई सोधपुछका लागि बोलाएको एसपी बुढामगरले बताए।

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ। उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो। कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए। उनका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो। 

'मृतक महिलाका श्रीमान फेला् नपरेकोले खोजी गरिरहेका छौँ । घटनाबारे अनुसन्धान सुरु गरेका छौँ,' एसपी बुढामगरले भने, 'केही नातेदारलाई ल्याएर सोधपुछ गरेका छौँ । चाँडै यथार्थ खुल्छ ।' घटनापछि मृतक कविताका श्रीमा धीरेन्द्र साह र ससुरा नागेन्द्र साहलगायतको परिवार सम्पर्कविहीन छ। 

प्रतिक्रिया

सम्बन्धित खवर