१० असार २०८१, आइतबार

भारतीय चलचित्रको प्रदर्शन नरोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

  • ७ असार २०८०, बिहिबार
Image

काठमाडौं- उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएको छ। बिहीबार चलचित्र संघले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले काठमाडौंका हलमा हिन्दी फिल्म प्रदर्शनमा रोक्न नलगाउन अन्तरिम आदेश दिएको हो।

हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध उच्च अदालत पाटनमा चलचित्र संघले रिट दर्ता गरेको थियो। रिटमा मेयर शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाउँदै निषेधाज्ञा माग गरिएको थियो।

उच्च अदालतले छलफलका लागि दुवै पक्षलाई असार १२ गतेका लागि बोलाएको छ। यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म 'आदिपुरूष' मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतमा नहटाएसम्म काठमाडौंमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिने निर्णय गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर