१० असार २०८१, आइतबार

एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल चीनसँग पराजित

  • २५ जेठ २०८०, बिहिबार
Image

काठमाडौं- एएफसी यू-२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। म्यानमारमा जारी छनोट प्रतियोगितामा नेपाल चीनसँग ५-० गोलअन्तरले पराजित गरेको हो।

चीनले नेपालविरुद्ध पहिलो हाफमा चार र दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको १६औँ मिनेटमा ओयाङ युहयानले गोल गर्दै चीनलाई १-० को अग्रता दिलाइन्। खेलको २६औँ मिनेटमा हुओ युइछिनले गोल गर्दै चीनलाई २–० को अग्रता दिलाएकी थिइन्। खेलको पहिलो हाफको इन्जुरी समयमा यिन लिहोङले गोल गरेपछि चीनले ३-० को अग्रता बनायो।

पहिलो हाफकै इन्जुरी समयमै लु जुआयुले गोल गरेपछि चीनले ४-० गोलको अग्रता बनायो । खेलको ८९औँ मिनेटमा यु जिआकीले गोल गरेपछि चीनले नेपालविरुद्ध ५-० गोलको जित निकालेको हो। यो नेपालको लगातार दोस्रो हार हो।

यसअघि नेपाल घरेलु टिम म्यानमारसँग ५-० ले पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा शनिबार चाइनिज ताइपेईसँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर