काठमाडौं- अर्थमन्त्री डा.प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी करका दर परिवर्तन नगरेको दाबी गरेका छन्। काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रम बोल्दै अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने टिप्पणी गरे। उनले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी काम नगरेको उल्लेख गरे।
उनले इमानदार भएर काम गर्दा हिलो छाप्ने काम भएको बताए। उनले कसैले नियोजित रुपमा समाचारहरु लेखिरहेको भन्दै इमानदारको काम नभएको बताए। उनले बजेटमा उद्योग व्यवसायलाई राम्रो हुने काम मात्रै गरेको दाबी गरे।
उनले समग्र अर्थतन्त्र र उद्योग व्यवसाय राम्रो बनाउने गरी इमानदार भएर काम गर्दा पनि हिलो छाप्ने काम भएको भन्दै असन्तुष्टि जनाए। राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमानदार मान्छेहरुको काम छैन भनेर घोषणा गरिदिए हुने बताए।
उनले एकाध मानिसहरुको फाइदाका लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने बताए। उनले करका दर हेरफेर गर्दा अर्थसचिव, राजस्व सचिव, आन्तरिक राजस्व विभाग प्रमुख, भन्सार प्रमुख र उपसचिव मात्रै बसेर निर्माण गरेको दाबी गरे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation