१५ चैत २०८०, बिहिबार

गगनलाई देउवाको जवाफ : एउटा व्यक्तिलाई गाली गरेर पार्टी ठूलो बन्दैन

  • २० जेठ २०८०, शनिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका छन्। शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठुलो नबन्ने बताएका हुन्। 

आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै देउवाले अब युवा पुस्ताकै पालो भएको पनि जिकिर गरे। उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे। उनले भने, ‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ। सत्य कुरा हो। अहिले सबै ठाउँमा नेविसंघले जितेको छ। यो पनि सत्य कुरा हो। सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठुलो पार्टी भएको छ। अब यसलाई अघि बढाउनुछ। अझ यसलाई बलियो बनाउनुछ। गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठुलो बनाउनुस्, बलियो बनाउनुस्। बिरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो। जनतामा जानुपर्छ। जनतामा जाने हो। गाली गरेर कहाँ पार्टी बन्छ। लडाई गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने। अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठुलो बनाइहालेँ। अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन। एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन। सबै एक भएर गए पार्टी बलियो हुन्छ।’

त्यस्तै, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको आरोप लगाए। उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रूपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताए। 

उनले भने, ‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ। विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो। अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरू पार्टीको चुनौती सामना गर्नु पर्नेछैन। बाँकी समय केन्द्रीय कार्यसमिति, पार्टी सभापतिज्यूले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयलाई नेपाली काँग्रेस आउने दिनको चुनौती सशक्त रूपमा निभाउँछ भन्नेमा हामी लाग्नुपर्छ। पार्टी लामो इतिहास भएको पार्टी हो। काँग्रेस पार्टीको जस्तो विचारधारा अरू कुन पार्टीको छ र ? तर चल्दा तलमाथि भइरहन्छ। हामीले अब धेरै ढिला गर्नु हुँदैन, समय रहँदै एक्ट गरौँ, सबैले गर्ने काम आफूले गरौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर