१५ चैत २०८०, बिहिबार

भूकम्पले भत्किएका ४०८ भवन पुनःनिर्माण

  • १५ जेठ २०८०, सोमबार
Image

काठमाडौं- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ। सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विसं २०७९ फागुनसम्म आठ लाख ३२ हजार पाँच सय ८५ लाभग्राही छनोट भएकामा ८८ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको उल्लेख छ।

लाभग्राहीमध्ये ९५ प्रतिशतले दोस्रो किस्ता लिएका छन्। पहिलो किस्ता भने शतप्रतिशत लाभग्राहीले लिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। भूकम्पले भत्किएका पाँच सय सरकारी तथा सार्वजनिक भवनमध्ये चार सय आठको पुनःनिर्माण सम्पन्न भएको छ।

आठ वर्षअघिको भूकम्पले भत्किएका एक हजार एक सय ३६ स्वास्थ्य संस्थामध्ये आठ सय ९१ को पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर