२३ जेठ २०८०, मङ्गलबार

काभा महिला भलिबलको फाइनलमा पुग्यो भारत

  • १२ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगेको हो।

भारतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२०, तेस्रो तथा अन्तिम सेट २५–१५ मा आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गर्‍यो। अब भारतले फाइनल खेलमा नेपाल र काजकिस्तानबीचको विजेतासँग खेल्नेछ। फाइनल खेल यही जेठ १४ गते हुनेछ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रले सहभागिता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर