काठमाडौं- नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई प्रचार विभाग प्रमुखमा मनोनीत गरेका विश्वकर्माले जानकारी दिए।
दलित संघको अध्यक्षसमेत रहेका विश्वकर्मा नेपाली कांग्रेसका मनोनीत केन्द्रीय सदस्य हुन्। पार्टी प्रवक्ता डा.प्रकाशशरण महत प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बनेकाले प्रचार मोर्चालाई सशक्त बनाउन कांग्रेसले यो निर्णय गरेको हो।
अब प्रवक्ताको अनुपस्थितिमा विश्वकर्मामार्फत पार्टीका गतिविधिहरु आम जनमानस र मिडियामा सम्प्रेषण हुने कांग्रेसले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation