काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासाको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग भेटघाट गरेको छ। रास्वपा केन्द्रीय कार्यालय बसुन्धारामा बिहीबार चिनियाँ दूतावासका डिसिएम श्री वाङ शिनसहितको टोलीले रास्वपा नेताहरूसँग भेटवार्ता गरेको हो।
भेटमा पार्टीका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायत उपस्थिति थिए।भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation