१६ चैत २०८०, शुक्रबार

भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्रीले भने- यो त ट्रेलर मात्रै हो, सिंगो फिल्म बाँकी छ

  • २३ वैशाख २०८०, शनिबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताएका छन्। शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताएका हुन्।

उनले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताए। उनले अहिलेको नेपालीलाई भूटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए।

अब आफूहरुलाई ठूला घेराबन्दी र दबाबहरु आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय र श्रमजीवि जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने उनको भनाइ थियो।

उनले भने, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरु भएको छ। यो सुरुवात मात्रै हो। यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ। सिंगै फिल्म देखिनेवाला छ। त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरु आउलान्, धम्कीहरु होलान्, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि एक पटक गर्जिनसके बहुमतमा पुग्ने दाबी गरे।


प्रतिक्रिया

सम्बन्धित खवर