१० असार २०८१, आइतबार

रास्वपाले सरकारमा बस्ने या बाहिरिने भन्ने निर्णय आगामी शुक्रबार लिने

  • १८ वैशाख २०८०, सोमबार
Image

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने/नहुने विषयमा शुक्रबार निर्णय लिने भएको छ। आगामी शुक्रबार पुन: बैठक बसेर सरकारबारे स्पष्ट निर्णय गर्ने महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबारे स्पष्ट निर्णय गर्नेछ। सोमबारको केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए।

पुस ११ गते प्रचण्डको सरकारमा सहभागी भएको रास्वपा रविको नागरिकता विवादमा सर्वोच्चले सांसद पद खारेज गरिदिएसँगै सरकारबाट बाहिरिएको थियो।

पार्टीका महामन्त्रीसमेत रहेका ढकालले प्रधानमन्त्रीले पुरानै मन्त्रालय दिन तयार रहेको दाबी गरे। सोमबार बिहान प्रचण्डले चितवनमा पत्रकारहरूसँग कुरा गर्दै रास्वपा सरकारमा आउन तयार रहेको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर