३० वैशाख २०८१, आइतबार

उपनिर्वाचनका लागि राप्रपाले टुंग्यायो उम्मेदवार

  • १९ चैत २०७९, आइतबार
Image

काठमाडौं- यही १० वैशाखमा चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार टुंगो लगाएको छ। आज बसेको राप्रपाको संसदीय समितिले उम्मेदवार टुंगो लगाएको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ- १ मा शोमा गुरुङलाई उम्मेदार बनाउने निर्णय भएको छ। त्यस्तै राप्रपाले चितवन- २ मा जीवलाल पुरी र बारा- २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

नागरिकता प्रकरणमा रास्वपाका रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन- २ मा उपनिर्वाचन हुन लागेको हो। त्यस्तै रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ- १ र रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा- २ मा उपनिर्वाचन हुन लागेको हो।


प्रतिक्रिया

सम्बन्धित खवर