१६ चैत २०८०, शुक्रबार

उपनिर्वाचनका लागि दर्ता भए २६ दल

  • १२ चैत २०७९, आइतबार
Image

काठमाडौं- आगामी बैशाख ३० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा दल दर्ता भएका छन्।

केही दिनअघि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो। उप निर्वाचनका लागि २६ वटा दल दर्ता भएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए। तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उप निर्वाचन हुँदै छ।

चितवन २ मा राष्ट्रिय सभाका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता प्रकरणमा दोषी पाइएपछि उनको सांसद पद खारेज भएको थियो। उक्त निर्वाचन क्षेत्रमा फेरि लामिछानेले नै उम्मेदवारी दिने तयारी गरेका छन्।

यस्तै तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको छ। यता बारा २ बाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै त्यहाँ पनि उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर