२ वैशाख २०८१, आइतबार

सरकारमा कांग्रेसबाट कसको नेतृत्वमा जाने टुङ्गो छैन : नेता केसी

  • ४ चैत २०७९, शनिबार
Image

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताएका छन्।

बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री केसीले यसबारे कांग्रेस केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समिति कतै पनि छलफल र औपचारिक रूपमा निर्णय नभएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्र कांग्रेसले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय हुने उनको भनाइ थियो।

सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता केसीले संविधानले स्पष्ट रूपमा राष्ट्रपति र उपराष्ट्रपतिमा  फरक लिङ्ग वा समुदाय उल्लेख गरेकाले अहिले कानुनअनुसार नै राष्ट्रपति र उपराष्ट्रपति चयन गरिएको बताए। भावनात्मकरूपमा महिला भएको भए राम्रो हुने भए पनि कानुनी रूपमा प्रश्न गर्ने ठाउँ नरहेको केसीले उल्लेख गरे।

अहिलेको मुख्य लडाइँ भनेको मुलुकमा गरिबी रहेको उनको भनाइ थियो। अहिलेको समस्या गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्टाचार रहेकाले त्यसका विरुद्ध लड्ने काम सबैको हुनुपर्ने नेता केसीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर