१५ चैत २०८०, बिहिबार

प्रदेश १ को नाम 'कोशी' हुने भएपछि रोइन् जसपाकी सांसद निर्मला लिम्बू

  • १७ फागुन २०७९, बुधबार
Image

विराटनगर- प्रदेश १ प्रदेशसभालाई सम्बोधन गर्दै जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू रोएकी छन्। जनता समाजवादी पार्टी प्रदेश १ संसदीय दलकी नेता पनि रहेकी लिम्बू नामबारे आफ्नो प्रस्ताव अस्वीकृत भएपछि प्रदेश सभा बैठकमै रोएकी हुन्।

प्रदेश १ को नामकरणको विषय भइरहेको बहसका क्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै बिताएकी छन्। उनले त्यसक्रममा पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासो गरिन्। 

‘पहिचान सहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन। एक्कासि आज बोल्न त दिइयो तर, अपमानपूर्ण ढंगले,’ उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरुलाई नमन गर्न चाहन्छु।’

अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भन्ने अठोट व्यक्त गर्दै उनले खोला, नाला र पहाडलाई पहिचान नचाहिएको बताइन्। ‘यो त मानव समुदायलाई चाहिएको थियो। तिनै मानव समुदायलाई किरात र लिम्बूवान प्रदेश चाहिएको थियो,’ उनले भनिन्। 

संविधानसभाका साझा सहमतिको मर्म र भावनालाई सम्मान गर्ने आधार मानि यस प्रदेशको नाम किरात लिम्बूवान सगरमाथा हुनुपर्ने उनले बताइन्। ‘प्रदेशको नामाकरणमा पुनःविचार गरियोस्,’ उनले भनिन् ।


प्रतिक्रिया

सम्बन्धित खवर