३१ असार २०८१, आइतबार

फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने

  • ८ फागुन २०७९, सोमबार
Image

काठमाडौं- कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ।

विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ। बिहान ७:५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८:५ मा कुवेतका लागि उड्ने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर