१० असार २०८१, आइतबार

सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलायो

  • २ फागुन २०७९, मङ्गलबार
Image

काठमाडौं- सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ। ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नुका साथै आगजनी गरेका थिए। 

ट्राफिकले वृद्धि गरेको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन्।

आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन्। 

आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि बोलाइएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए। विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ। 

बालाजु, माछापोखरी, गोंगबु र सामाखुसी चोकमा मजदुरहरूले सडक अवरुद्ध गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर