९ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

  • २६ माघ २०७९, बिहिबार
Image

धनगढी- नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले उनलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

शाहले नियुक्त पत्र बुझेको कांग्रेस सांसद मेघराज खड्काले बताए। संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। शाह कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

संवैधानिक व्यवस्था अनुसार एक महिनाभित्रै नेकपा एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि बिहीबार पदमुक्त भएका थिए। बिहीबार बसेको प्रदेशसभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन्।

आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मुख्यमन्त्री रावल पदमुक्त भएका हुन्। 



प्रतिक्रिया

सम्बन्धित खवर