१० असार २०८१, आइतबार

दुर्घटनाको शोकमा भोलि यती एयरलाइन्सका सबै उडान रद्द

  • १ माघ २०७९, आइतबार
Image

काठमाडौं- दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ। विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। 

कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन–एएनसी एटिआर–७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो। सो दुर्घटनामा ६८ जनाको मृत्यु भइसकेको छ भने बाँकी चार जनाको खोजी जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर