८ वैशाख २०८१, शनिबार

बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता, कसको मत कति?

  • १७ मंसिर २०७९, शनिबार
Image

काठमाडौं- मंसिर ४ गते सम्पन्‍न निर्वाचनको १६५ मध्ये तीन क्षेत्रको मतगणना जारी छ। मतगणना जारी भएको तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ। 

बाजुरामा २० हजार ६३६ मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डेले ११ हजार ७६ मत पाएका छन्।

एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गरेका छन्।उनीहरुबीच २ हजार २२४ मतको अन्तर देखिएको छ।बाजुरामा ६० हजार १५२ मत खसेको थियो ।

स्याङ्जा क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ।गुरुङ नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार दुई सय १३ मतले अगाडि छन्।बिहानसम्मको गणनाअनुसार गुरुङले २२ हजार चार सय ८० मत प्राप्त गर्दा अर्यालले २० हजार दुई सय ६७ मत ल्याएकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार दुई सय ३८ मत ल्याएका छन्। 

दोलखामा  हालसम्म १६ हजार एक सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले सात हजार सात सय नौ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले छ हजार सात सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए।कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर