१८ मंसिर २०७९, आइतबार

निर्वाचितपछि धन्यवाद दिन घरदैलोमा पुगे उदय

  • ८ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका उदय शमशेर राणा धन्यवाद ज्ञापन गर्न मतदताको घरदैलोमा पुगिरहेका छन्। नेपाली कांग्रेसबाट विजयी भएका उनले बिहीबारदेखि धन्यवाद ज्ञापन गर्ने कार्यक्रम सुरु गरेका छन्। 

उनले भनेका छन्, 'चुनाव जितेपछि आजदेखि ललितपुर-१ का ३० वटै वडामा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम सुरु गरेका छौं।' हामीलाई विश्वास र भरोसा गरेर अमूल्य मत दिनुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद। यहाँहरुले गर्नुभएको माया, सद्भाव, सहयोग र शुभेच्छाका लागि हृदयदेखि आभारी छु।' 

उनले २३ हजार ८९२ मत प्राप्त गर्दै नेकपा एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन्। 


प्रतिक्रिया

सम्बन्धित खवर