१५ चैत २०८०, बिहिबार

प्रधानमन्त्रीमा मेरो दाबी छ : शशांक कोइराला

  • ८ मंसिर २०७९, बिहिबार
Image

पूर्वी नवलपरासी- पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी कांग्रेस नेता शशांक कोइरालाले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र प्रधानमन्त्रीको दाबी गर्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि विजय भएपछि कावासोतीमा आज सञ्चारकर्मीसँग बोल्दै कोइरालाले यो पटक प्रधानमन्त्रीको दावी गर्ने धेरै देखिएको र आफ्नो पनि दाबी रहने सुनाए।

‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नु होला, गगनजीको पनि दावी छ, मेरो पनि रहन्छ’ उनले भने ‘अब मिलिजुली सरकार निर्माण हुने भएकाले त्यसको स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ।’

युवाहरुलाई अघि बढाउनुको विकल्प नरहेको पनि उनले बताए। ‘देशभर यस पटकको निर्वाचनले युवाहरुलाई अघि बढाऊ भन्ने सन्देश दिएको छ’ उनले भने ‘त्यसलाई आत्मासाथ गर्नपर्ने अवस्था राम्ररी बुझेको छु।’ जिल्लामा राष्ट्रिय लेबलको ट्रमा सेन्टर र अन्तरास्ट्रिय खेलमैदान बनाई छाड्ने उनले दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर