१८ मंसिर २०७९, आइतबार

बाजुरामा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, ३ जना घाइते

  • ४ मंसिर २०७९, आइतबार
Image

बाजुरा- बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।

त्रिवेणी नगरपालिका–७ का २८ वर्षीय सञ्जिव ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालयको मतदानस्थलमा फर्जी मतको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।

मतपेटिका तानातान गरिरहेका कांग्रेस र एमालेका कार्यकर्ता झडपमा उत्रिएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन गोली चलाएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अएडी छन्। घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर