१८ मंसिर २०७९, आइतबार

मौसम : पहाडी भू-भागमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • २४ कार्तिक २०७९, बिहिबार
Image

काठमाडौं- हाल देशका पश्चिमी भू-भागमा  पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

शुक्रबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर