१६ चैत २०८०, शुक्रबार

ट्विटरमा आधा कर्मचारी कटौती, नोक्सानको जिम्मेदवार अभियन्ता : एलन मस्क

  • १९ कार्तिक २०७९, शनिबार
Image

काठमाडौं- विश्वका धनाढ्य एलन मस्कले लिएपछि ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारीमध्ये आधालाई हटाएको छ। कम्पनीले  ५० प्रतिशत कर्मचारी कटौती गरेको समाचार संस्था एएफपीले जनाएको हो।

मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। यसअघि ट्विटरका एक मात्र निर्देशक र सीईओ हटाएर मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।

मस्कले अक्टोबर २८ मा ट्वीटरको ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व लिएका थिए। स्वामित्वमा लिएपछि मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन्।

उनले ट्वीटरको कम आम्दानीका लागि अभियन्ता समूहहरूलाई दोष दिएका छन्। मस्कको आरोप छ कि कम्पनीले खर्च कटौती गर्नको लागि कर्मचारी कटौती गरेसँगै अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई ट्वीटरको आय कटौती गर्न दबाब दिइरहेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘ट्वीटरको कमाई निकै कम भएको छ। अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई दबाब दिइरहेका छन्, जबकी सामग्री मोडरेसन अपरिवर्तित छ र हामीले अभियन्ताहरूलाई खुसी पार्न सबै काम गरेका छौँ। उनीहरुले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतालाई नष्ट गरिरहेका छन्।’

मस्कले शुक्रबार ट्वीटरबाट विश्वव्यापी रूपमा कर्मचारी कटौती  हुने घोषणा गरेका थिए।  रिपोर्टका अनुसार हालसम्म हजारौँ मानिसलाई निकालिएको छ। कम्पनीको सुरक्षा प्रमुख योल रोथले हालसम्म ५० प्रतिशत कर्मचारीहरूलाई ट्वीटरबाट हटाइएको पुष्टि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर