काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य अवस्थामा समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उनलाई भर्ना गरिएको हो।
बुधबार राजधानीमा आयोजित एक चुनावी कार्यक्रममा सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सीता दाहाल बिरामी भएपछि अध्यक्ष प्रचण्ड उपस्थित नभएको बताएका थिए। श्रेष्ठका अनुसार सीतालाई
तर, सीतालाई केही महिनादेखि सीतालाई अस्पताल लाने/ल्याउने क्रम चलिरहेको खुमलटार निकट स्रोतले जानकारी दियो। ‘चिकित्सकको सल्लाह अनुसार अस्पताल लाने ल्याउने त भइरहेको थियो,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘हिजोको कार्यक्रममा अध्यक्ष उपस्थित नहुनु भएपछि धेरैको चासो बढ्यो।’
सीताको अहिले पनि अस्पतालको आईसीयूमा नै राखेर उपचार भइरहेको सचिवालय स्रोतले बतायो। सीता माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत हुन्।
सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन्। मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर भएकी हुन्।
पूर्वनिर्धारित चुनावी कार्यक्रममा सहभागी हुन आज (३ कात्तिक) प्रचण्ड सिन्धुली जाने कार्यतालिका भए पनि सीताको स्वास्थ्यवस्थालाई ध्यानमा राख्दै आजको कार्यक्रम स्थगित गरिएको छ। ‘आज सिन्धुलीको कार्यक्रम थियो,’ स्रोतले भन्यो, ‘आजको कार्यक्रम स्थगित गरेर राजधानीमै चुनावी भेटघाटमा अध्यक्ष व्यस्त हुनुहुन्छ,’
पत्नी सीतालाई आइसीयूमा राखेर उपचार गरिराखेकाले आजलाई राजधानी केन्द्रीत कार्यक्रममै व्यस्त हुनेगरी सिन्धुलीको कार्यक्रम स्थगित गरेर बसेको स्रोतले जानकारी दिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation