१६ चैत २०८०, शुक्रबार

हुम्लाबाट निर्वाचित निवर्तमान सांसद छक्कबहादुर लामा माओवादी छाडेर एमाले प्रवेश

  • १७ असोज २०७९, सोमबार
Image

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन्।

लामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। लामासहित निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत हुम्लाका माओवादी नेता कार्यकर्ता एमाले प्रवेश गरेको एमाले प्रचार विभागले जानकारी दिएको छ।

लामाले ०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका थिए। त्यसपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए।

उनीसहितको टिमलाई पार्टी प्रवेश गराउँदै ओलीले आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा टिक दिन लागेका हुन्।


प्रतिक्रिया

सम्बन्धित खवर