१६ चैत २०८०, शुक्रबार

गठबन्धनले टुंग्यायो सिटको भागबण्डा : कुन दललाई कति सिट र कुन-कुन क्षेत्र?

  • १४ असोज २०७९, शुक्रबार
Image

काठमाडौं- सत्ता गठबन्धनले प्रितिनिधि सभाका लागि १६० सिटमा भागबण्डा गरेको छ। जसअनुसार नेपाली कांग्रेसले ८६ सिट पाउने भएको छ। गठबन्धनमा सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ।

बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो।

अब प्रदेश १ को खोटाङ, बागमती प्देशको धादिङ-१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी छ। माओवादी केन्द्रले उपत्यकामा काठमाडौं २ र ९ लिने सहमति भएको छ। यस्तै ललितपुर ३ पनि लिनेछ। 

प्रदेश १ मा माओवादीले ८ सिट पाएको छ। झापा १ छोडेर माओवादीले २ र ५ लिएको छ। 

यी हुन कांग्रेसले लिने सिट

सत्ता कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख - २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ । 

यसैगरी चितवन -  १ र २, गोरखा - १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही - ३,४ र ५, कपिलबस्तु - २, ३, दाङ- ३ र बाँके - ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ । 

यसैगरी पाँचथर, इलाम-२, झापा - १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी - २,३ र ४, ओखलढुंगा, उदयपुर - १, सप्तरी -३, ४, सिरहा - १, २ धनुषा- २, ३ र ४ महोत्तरी - २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ।

यस्तै सर्लाही - ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ - २, नुवाकोट -२, काठमाडौं - १, १०, ३,४,५,६, भक्तपुर - १ र २, ललितपुर - १, काभ्रे --२ सिन्धुपाल्चोक - २ र मकवानपुर- १ कांग्रेसले लिने बताइएको छ। 

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा - ४ मा जसपा, महोत्तरी - ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ।

माओवादीले कहाँ पाउँछन्? 

सहमति अनुसार माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झाप–२, झापा–५, भोजपुर, मोरङ–४, मोरङ–५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ। यसमध्ये खोटाङमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको स्रोतले दाबी गरेको छ। 

प्रदेश २ मा सिराह–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२, सर्लाही–३ लिने भएको छ। सर्लाही–२ मा जसपाले पनि दाबी गरेको छ। बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिने बताइएको छ।

त्यस्तै, सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२, काठमाडौं–९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीले लिने भएको छ।

गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की ३ वा १ र बाग्लुङ–२ लिने सहमति भएको छ। लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपीलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ माओवादीले लिने भएको छ। जसमा रुपन्देही १ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसले पनि दाबी राखेको छ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रले सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिने भएको छ। सल्यानमा भने एकीकृत समाजवादीले पनि दाबी गरेको छ। त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२, कैलाली–३, बैतडी, कंचनपुर–१ लिने भएको छ।

एकीकृत समाजवादीले पाउने सिट

एकीकृत समाजवादीले १७ सिटमा दाबी गरेको छ। जसमध्ये इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–४, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीमा समाजवादीले लिने भएको छ।

डोल्पा र अछाम–१ मा भने माओवादीको पनि दाबी रहेको छ।

जसपाले पाउने सिट

जसपाले १६ सिट लिनेगरी सहमति भएको स्रोतले जानकारी दिएको छ। जस अनुसार सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–१ र सप्तरी–२ लिनेगरी सहमति भएको छ।

जसमध्ये धनुषा–३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि दाबी छ। त्यस्तै रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ। 

राष्ट्रिय जनमोर्चाले भने बागलुङ–१ र प्युठान लिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर