१८ मंसिर २०७९, आइतबार

सल्यानमा जिप दुर्घटना : आठ जनाको मृत्यु, एक गम्भीर

  • १२ असोज २०७९, बुधबार
Image

दाङ- सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। रा१ज ५६३ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।  

जीपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले बताए। जिपमा कपुरकोट गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीय सवार रहेका थिए।

नेपालगञ्जबाट कपुरकोट–६ जलवाङका लागि हिँडेको जिप बुधबार बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर