१० असार २०८१, आइतबार

नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३-१ गोलले हरायो

  • ११ असोज २०७९, मङ्गलबार
Image

काठमाडौं- बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा नेपालले फरवर्ड अन्जन विष्टको हया्ट्रिकमा बगंलादेशलाई ३–१ ले हराएको हो।  

१८ औँ मिनेटमा अन्जन विष्टको गोलमा नेपालले अग्रता बनाएको हो। विमल घर्तिमगरको फ्रिकीकमा अन्जनले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। विपक्षी खेलाडीले फउल गरेपछि नेपालले फ्रिकीक पाएको थियो। 

खेलको २७ औँ मिनेटमा अन्जनको गोलमा नेपालले अग्रता दोब्बर पार्यो। तेज तामाङको प्रहार विपक्षी गोलरक्षक पन्च गर्दै रोकेपछी आएको रिबाउण्ड बलमा अन्जनले गोल गरे।  ३८ औं मिनेटमा अन्जनले ह्याटिक पुरा गरे। विशाल राईको फ्रिकीकमा अन्जनले बललाई पोष्टको दिशा दिएका थिए। 

खेलको ५३ औँ मिनेटमा तेज तामाङको प्रहार दोस्रो बारको नजिकबाट बाहिरियो। ५७औँ मिनेटमा सज्जाद हुसेनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले सानदार जित निकालेको हो।


प्रतिक्रिया

सम्बन्धित खवर