१९ असोज २०७९, बुधबार

घोषणापत्रमा सुझाव संकलनका लागि कांग्रेसको सार्वजनिक अपिल

  • ७ असोज २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाली कांग्रेसले घोषणापत्रमा समेटिनुपर्ने विषयमा सर्वसाधारणसँग सुझाव मागेको छ। कांग्रेस घोषणा पत्र तयारी समितिले सार्वजनिक अपिल प्रकाशन गरी ‘जनभावना संकलन गर्ने क्रममा प्रविधि मार्फत सुझावका लागि’ भन्दै सार्वजनिक अपिल गरेको हो।

कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाएको थियो। काग्रेसको घोषणा पत्र निर्माण क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ शुरु गरिसकिएको कांग्रेसले बताएको छ।

‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ भनेर विविध धारणा राख्ने सबैको सुझाव लिने निर्णय घोषणा पत्र तयारी समितिले गरेको हो। अतः स्वदेश र विदेशमा रहनुहुने नेपाली काग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक एवं समस्त नेपाली दिदिबहिनी दाजुभाइ जो सुझाव दिन चाहनुहुन्छ उहाँहरुले प्रविधिको निम्न माध्यमबाट सुझाव पठाउन सक्नुहुनेछ’ कांग्रेसले भनेको छ।

कांग्रेस घोषणापत्र तयारी समितिले ह्वाट्स एप, भाइभर, इमोमार्फत सुझाव पठाउन मोबाइल नम्बर ९७४१६७३४१८ सार्वजनिक गरेको छ। यस्तै, आफ्नो आवाज रेकर्ड गराएर वा डिजिटल फर्ममार्फत पनि सुझाव पठाउन सकिने कांग्रेसले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर