१९ असोज २०७९, बुधबार

प्राविधिक समस्या देखाएर विमानस्थल सञ्चालन नगरे सह्य हुँदैन : मेटमणि चौधरी

  • ६ असोज २०७९, बिहिबार
Image

दाङ- सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भएपनि बन्नुपर्ने बताएका छन्। बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्।

उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए। मन्त्री चौधरीले दाङका नेताहरू मन्त्री हुँदा समेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताए।

उनले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्रीहरू आउने प्रतिबद्धता जनाउने तर काम नगरेको आरोप लगाए। मन्त्री चौधरीले विमानस्थल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जनप्रतिनिधिहरूले सबैभन्दा बढी चासो राख्नुपर्ने बताए।

उनले विमानस्थल बिस्तारको बजेटका लागि आफूहरूले पहल गर्ने र सबैले आ-आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे। मन्त्री चौधरीले अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गरेर चाडै विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताए।

उनले अब टेक्नोलोजीको समस्यालाई देखाएर वा बहाना बनाएर विमानस्थल सञ्चालन नहुने विषय सह्य नहुने चेतावनी दिए।  

प्रतिक्रिया

सम्बन्धित खवर