१९ असोज २०७९, बुधबार

कांग्रेसको घोषणा पत्र तयारी समितिको प्रवक्तामा जीवन परियार

  • ६ असोज २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्‍मेवारी सहमहामन्त्री जीवन परियारलाई दिइएको छ ।

बिहीबार बसेको घोषणा पत्र तयारी समितिको बैठकले सहमहामन्त्री परियारलाई प्रवक्ताको जिम्‍मेवारी दिएको हो। ‘सञ्चार माध्यमका साथीहरूले आवश्यक सूचना एवं विविध बिषयमा क्रमशः तय हुने अवधारणाका लागि उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ। समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्नुहुने जानकारी पनि गराइन्छ।’ समितिका सदस्य सचिव डा. प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा छ।

बुधबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर