१९ असोज २०७९, बुधबार

पूर्वआइजीपी खनाल एमालेमा प्रवेश

  • ६ असोज २०७९, बिहिबार
Image

काठमाडौं- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन्। प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्।

कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूको उपस्थिति थियो। यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताएका थिए। २०७७ वैशाखमा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा खनाल पनि मुछिएका थिए।

एमालेका अर्का नेता महेश बस्नेत, अहिले एकीकृत समाजवादीमा गएका किसान श्रेष्ठ र सर्वेन्द्र खनालले तत्कालीन प्रधानमन्त्री एवं तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको थियो।

उक्त प्रकरणमा नेपाल प्रहरीमा उजुरी दर्ता भएको भए पनि पछि प्रमाण पाइएअनुसार हुने गरी उजुरी तामेलीमा राखिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर