१५ चैत २०८०, बिहिबार

ललितपुरको कबाडी गोदाम आगलागी हुँदा ३ जना घाइते

  • ५ असोज २०७९, बुधबार
Image

काठमाडौं- ललितपुरको धोबीघाटस्थित एक कबाडी गोदाममा भएको आगलागीमा ३ जना घाइते भएका छन्। महानगरीय प्रहरी प्रभागका सानेपाका अनुसार घाइतेहरूलाई स्टार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लैजाने तयारी गरिएको छ।

घाइते हुनेमा ३० वर्षीय गणेश गुरुङ‚ ४० वर्षीय रामआशिष साह र ६४ वर्षीय शिवनारायण पदार रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई स्टार हस्पिटलको आईसीयूमा राखेर उपचार गरिँदै छ।

प्रभागका असई प्रकाश रायमाझीका अनुसार कमला खत्रीको जग्गामा भारतीय नागरिक बच्चु साहले सञ्चालन गर्दै आएको कबाडी गोदाममा आगलागी भएको हो। आगलागीबाट गोदाममा भएका अधिकांश सामान जलेर नष्ट भएका छन्। अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर