१९ असोज २०७९, बुधबार

ठाकुर नाथ पन्त स्मृति भेट्रान्स फुटबल : बानेश्वर र झापा-११ विजयी

  • ४ असोज २०७९, मङ्गलबार
Image

काठमाडौं- प्रथम ठाकुर नाथ पन्त स्मृति भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत आज पनि ३ खेल भएका छन्। आज भएको पहिलो खेलमा आयोजक किङकम स्पोर्ट्स 'ए' ले बानेश्वर एफ.सि.लाई पराजित गरेको छ।

किङकमले बानेश्वरलाई  ३-२ गोल अन्तरले पराजित गरेको हो। किङकमका विजय विक्रम शाह उकृष्ट खेलाडी घोषित भए। आजको दोस्रो खेलमा  पद्मा श्री झापा-११ विजयी भएको छ।


झापाले  आयोजक किङकम 'बि' लाई ३-२ ले पराजित गरेको हो। खेलको म्यान अफ द म्याच किङकम का खेलाडी विकास कार्की भए।

आज नै भएको तेस्रो खेलमा जोरपाटी भेट्रान्स र फ्रिडम फाइटर भेट्रान्स १-१ बराबरीमा सकिएको छ। उक्त खेलमा जोरपाटीका नरेश श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। असोज १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। 

  


प्रतिक्रिया

सम्बन्धित खवर