१९ असोज २०७९, बुधबार

‘ऐना झ्यालको पुतली’ अस्कर अवार्डका लागि नेपालबाट सिफारिस

  • ३ असोज २०७९, सोमबार
Image

काठमाडौं- चलचित्र ‘ऐना झ्यालको पुतली’ अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं संस्करणका लागि नेपालबाट सिफारिस भएको छ।

अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ। समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त ‘प्रकाश’, ‘राधा’ र ‘ऐना झ्यालको पुतली’मध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई भदौ ३० गतेभित्र फिल्म बुझाउन भनेको थियो। सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित ‘प्रकाश’, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए।

प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता लगायत पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको समितिका सचिव चिरञ्जीवी गुरागाईंले जनाएका छन्।

यो सालको अस्कर अवार्ड मार्च १२ मा लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर