१९ असोज २०७९, बुधबार

पुटिन, सी र मोदी उज्वेकिस्तानमा भेला हुँदै

  • २९ भदौ २०७९, बुधबार
Image

काठमाडौं- कोभिड–१९ को महामारीपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार पहिलोपटक विदेश भ्रमणमा जाँदै छन्। पहिलो विदेश भ्रमणको क्रममा उनी उज्वेकिस्तान जान लागेका हुन्। 

उनले त्यहाँ रुसी समकक्षी भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्नेछन्। उज्वेकिस्तानमा हुने क्षेत्रीय सम्मेलनको साइडलाइन वार्तामा सी र पुटिनबीच भेटवार्ता हुने तय भएको हो।

दुवै नेता अहिले महत्वपूर्ण समयबाट गुज्रिरहेका छन्। सी आगामी महिना हुने पार्टीको सम्मेलनबाट ऐतिहासिकरुपमा तेस्रो कार्यकाल सुरु गर्ने तयारीमा छन् भने पुटिन युक्रेनमाथिको आक्रमणको कारण उत्पन्न परिस्थितिको सामनाको लागि साथ खोजिरहेका छन्। 

यद्यपि दुई नेताको भेटवार्ताबारे रुस र चीन दुवैले आधिकारिक जानकारी भने दिएका छैनन्। बुधबार सी काजकस्तानको लागि प्रस्थान गर्नेछन्।

त्यसपछि उनी उज्वेकिस्तानमा हुने संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को सम्मेलनमा सहभागी हुनेछन्। यो सम्मेलनमा उज्वेकिस्तान, काजकस्तान, किर्गिस्तान, ताजकिस्तानका साथै इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्ने जानकारी दिइएको छ । 

रुसी राष्ट्रपति पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ। 

ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ। युक्रेन संकटपछि रुसी राष्ट्रपति र मोदीबीचको यो पहिलो भेटवार्ता हुन लागेको पनि स्रोतले थप जानकारी दिएको छ। 

रुसी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि एससीओ शिखर सम्मेलनको क्रममा भेट हुने छ। उज्बेकिस्तानका लागि भारतीय राजदूत मनिष प्रभातले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी शिखर सम्मेलनमा सहभागी हुने र धेरै नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर