१९ असोज २०७९, बुधबार

देशभर मौसम बदली, चट्याङसहित वर्षाको सम्भावना

  • २८ भदौ २०७९, मङ्गलबार
Image

काठमाडौं- अहिले प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले दिएको जानकारीअनुसार अहिले देशभर मौसम सामान्य बदली छ। 

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना र सोको कारणले पहाडी तथा भिरालो जमिनमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

प्रतिक्रिया

सम्बन्धित खवर