१९ असोज २०७९, बुधबार

'युवा कि पाको भन्‍नेभन्दा पनि सक्षम नेतृत्व चाहिन्छ'

  • १८ भदौ २०७९, शनिबार
Image

जब-जब चुनाव आउँछ, अनि एउटा विषयमा निकै बहस गरिन्छ। त्यो हो- बुढाहरुलाई बिदा गर्ने र युवाहरुलाई पालो दिने। सभापति शेरबहादुर देउवालाई परास्त गर्नका लागि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यस नारालाई निकै धेरै भजाइयो। तर, देशभरका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले अनुभवी र सक्षम व्यक्ति नै चाहिन्छ भनेर शेरबहादुर देउवालाई नै सभापतिमा विजेता बनाए। 

अहिले संघ र प्रदेश निर्वाचन नजिकिएसँगै फेरि युवालाई पालो दिने र बूढाहरुलाई बिदा गर्ने अभियान चलिरहेको छ। केही स्वतन्त्रका नाममा खुलेका 'पसलेहरुले' 'नो नट अगेन' अभियान चलाइरहेका छन्। उनीहरुको उद्देश्य भनेको पनि प्रधानमन्त्री शेरबहादुर देउवासहितका अनुभवी र सक्षम पात्रहरुलाई पाखा लगाएर केही सीमित डलर खेती र प्रचारमा रमाउनेहरुलाई राज्य सत्तामा रजगज गराउने नै देखिन्छ।

अहिले नेपालको नेतृत्व युवा कि पाको  भन्‍नेभन्दा पनि सक्षम नेतृत्व चाहिन्छ भन्‍नेमा केन्द्रित हुनुपर्दछ। देशका सबै विषयहरुको नीति बनाउने र मुलुकको सर्वाङ्गिण विकास गर्ने मुख्य विषय नै राजनीति हो। जसले सयौं वर्ष परसम्म दृष्टि लगाएर आफूलाई समर्पित गर्दछ र जनताको साथ लिन्छ। त्यसले परिवर्तनको नेतृत्व गर्न सक्छ।

व्यक्तिको हकमा लागु हुने विषयवस्तु यो भए पनि दार्शनिक हिसाबले युगहरुको व्याख्या गरिदिन सक्ने कैयौं दार्शनिकहरुको जन्म भएको छ। इतिहासको गहिरो अध्ययन, वर्तमानको विश्लेषण र भविष्यको आँकलन गर्न सक्नु दार्शनिकहरुको खुबी हो।

डोनाल्ड ट्रम्पलाई विस्थापित गरेर ७९ वर्षीय जो बाइडेनले विश्‍वको शक्तिशाली मुलुकको नेतृत्व गरिरहेका छन्। रुसका पुटिन होस् अथवा चीनका सि जिनपिङ नै किन नहोउन्। बेलायतका बोरिस जोनसन अथवा जर्मनीका चान्सलर ओलाफ स्कोज नै किन नहोउन्। के ती मुलुकहरु टाट पल्टिएका छन् र?

गिरिजा प्रसाद कोइरालाले पाको उमेरमा पनि देश युद्वको भूमरीबाट बचाएर नेपालमा गणतन्त्र स्थापित गरे। शेर बहादुर देउवाले संविधानको कार्यावन्यन गरी मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउँदै छन्।

अहिलेका केही युवा भनाउदाहरु भने विभिन्न माध्यमबाट राष्ट्रलाई खोक्रो बनाउँदै छन्। पद पाएका बेला स्कलित भएका छन्। यावत कुराले हामीलाई युवा वा पाको हैन, योग्य र सक्षम नेतृत्वको खाँचो छ।

(थापा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन्।)

प्रतिक्रिया

सम्बन्धित खवर