३१ वैशाख २०८१, सोमबार

रेखाको तीज गीत 'छमछम पातली कम्मर' सार्वजनिक (भिडियोसहित)

  • २ भदौ २०७९, बिहिबार
Image

काठमाडौं- हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा गायिका रेखा शाहले तीज गीत 'छमछम पातली कम्मर' सार्वजनिक गरेकी छन्।

टेकेन्द्र नेपाली र मनोज नेपालीको शब्द अनि टेकेन्द्र नेपालीको संगीतमा तयार भएको गीतलाई पुष्कर खत्रीले संगीत संयोजन गरेका छन्। फाइन ट्युन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको सो गीतको म्युजिक भिडियोमा चर्चित अभिनेत्री नीता ढुंगानासँगै गायिका शाहले अभिनय गरेकी छन्।

गायिका शाह भन्छिन्, ‘लोकगीतले मनोरन्जनमात्रै नदिई हाम्रो संस्कृति र सङ्गीतलाई जीवन्त राख्दै पुस्तान्तरण गर्ने भएकोले यसपालि मैले तीज गीत रेकर्ड गरेकी हुँ।’

रेखा शाह फाउन्डेसनको व्यानरमा निर्माण भएको गीतको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन र कोरियोग्राफी गरेकी छिन्। रूपेश थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको गीतमा नायिका नीता ढुंगानाले तीजमा देखिने नारीहरूको मनोभावलाई दुरूस्त उतार्दै बेजोड नृत्य गरेकी छिन्। 

नीता भन्छिन्, ‘बिहेपछिको मेरो पहिलो तीज हो। यो गीत मेरै लागि बनेको हो कि झैं लाग्छ तर यस गीतले यसपालिको तीजमा केही विशेष मनोरन्जन भने पक्का दिनेछ!’

'सिमसिमे पानीमा' जस्तो कालजयी लोकगीतकी सर्जक गायिका रेखा शाहका यसअघि पनि तीज गीतहरू सार्वजनिक भएका छन् । गायिका शाहले यो गीत आफ्नै युट्युव च्यानल 'रेखा शाह'बाट सार्वजनिक गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर