१५ चैत २०८०, बिहिबार

थाइल्यान्डको नाइटक्लबमा आगलागी : १४ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

  • २१ साउन २०७९, शनिबार
Image

बैंकक- दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। उक्त आगलागीको घटनामा आगलागीमा ४० जनाभन्दा बढी घाइते भएका छन्। 

सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा स्थानीय समयअनुसार शुक्रबार एक बजे उक्त आगलागी भएको थियो। आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो। 

आगलागीको कारण खुलेको छैन। एक तले उक्त भवनको पर्खालबाट आगो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकहरुले अनुमान गरेका छन्। 

प्रधानमन्त्री प्रयुथ चान-ओचाले आगलागीको घटनाको तत्काल अनुसन्धान गर्न र पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्। उनले मनोरञ्‍जलस्थलमा आपतकालीन बाहिरिने मार्ग बनाउन पनि आग्रह गरेका छन्।  

प्रतिक्रिया

सम्बन्धित खवर