१८ मंसिर २०७९, आइतबार

नुवाकोट केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

  • २१ साउन २०७९, शनिबार
Image

काठमाडौं- नुवाकोट केन्द्रबिन्दु बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प गएको छ। शनिबार बिहान कीर्तिपुरा ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर गएको भूकम्पले काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो।

हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन। 

यसअघि साउन १५ गते पछिल्लो पटक खोटाङ केन्द्र भएर भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार साउन १५ गते आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो। 

२०७२ सालको भूकम्पपछि देशभरका विभिन्‍न स्थानहरुमा पराकम्प जाने क्रम चलिरहेको छ। २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका छन् ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो।

यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो। यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर