३१ असार २०८१, आइतबार

एमालेबाट आएका भूवन केसीलाई कांग्रेसको उपहार, चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त

  • १० साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- अभिनेता भूवन केसीलाई सत्तारुढ नेपाली कांग्रेसले आफ्नो कोटाबाट चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। एमाले छोडेर कांग्रेस प्रवेश गरेको केही समयमा नै उनलाई कांग्रेस नेतृत्वको सरकारले चलचित्र विकास बोर्ड अध्यक्षमा नियुक्त गरेको हो। 

निवर्तमान अध्यक्ष दयाराम दाहालको २ वर्षे कार्यकाल सकिएपछि विकास बोर्डको अध्यक्ष पद रिक्त थियो। जसमा, विकास बोर्डको अध्यक्ष पदका लागि १० जना चलचित्रकर्मीले आवेदन दिएका थिए। दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पूर्णता दिइएको हो ।

अभिनेता भूवन केसीलाई बोर्ड अध्यक्ष बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको हो। भूवनसँगै बोर्ड अध्यक्ष बन्ने दौडमा दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेललगायत दिए। 

भूवन अध्यक्षमा नियुक्त भएसँगै बधाई दिँदै सुष्मा कार्कीले लेखेकी छन्, 'चलचित्र विकास बोर्डको अध्यक्षमा भूवन केसी दाइ सबैभन्दा योग्य ठहरिनुभएछ बधाई  छ। प्रधानमन्त्री शेरबहादुर देउवाज्यू र सञ्‍चारमन्त्री ज्ञानेन्द्र कार्कीज्यूलाई असाध्य राम्रो काम गर्नु भएकोमा धन्यवाद। म तेस्रो पटक काङ्ग्रेसकै सरकारबाट अयोग्य ठहरिए सायद मास्टर डिग्री होल्डर भएर होला।,जय होस् तपाईंहरुको।

प्रतिक्रिया

सम्बन्धित खवर