१५ चैत २०८०, बिहिबार

अछामका पहिरो प्रभावितलाई तत्काल राहत दिन गृहमन्त्रीको निर्देशन

  • ९ साउन २०७९, सोमबार
Image

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले गरेको क्षतिबारे जानकारी लिएका छन् । अछामका प्रजिअ विश्वराज मरासिनी र डिएसपी नारायण डागीलाई टेलिफोन गरेर गृहमन्त्रीले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसर बाकी नराख्न निर्देशन दिए । 

आवश्यक सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै घाइतेको उपचार र तत्कालको राहत उपलब्ध  गराउन मन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई भनेका छन् । आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजू हरिकला विष्ट, भाइ वीरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको थियो । 

६५ वर्षीया नैना विष्टको भने जीवितै उद्धार गरेर अस्पताल लगिएको प्रजिअ मरासिनीले बताए । घरमुली अमर  कामका सिलसिलामा घर बाहिर छन् । अहिले पहिरो रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर