१४ वैशाख २०८१, शुक्रबार

पाकिस्तानमा डुंगा दुर्घटना, २३ जनाको मृत्यु

  • ३ साउन २०७९, मङ्गलबार
Image

इस्लामाबाद- १०० जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुंगा रहिम यार खान सहरनजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन्।

राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन्। क्षमताभन्दा बढी यात्री बोकेका कारण डुंगा डुबेको अनुमान गरिएको छ।

दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन्। आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ महिलाको शव नदीबाट निकालिएको छ। डुंगामा धैरे महिला र बालबालिका सवार थिए।

गएको साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदी तटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर