६ वैशाख २०८१, बिहिबार

सकियो कांग्रेसको केन्द्रीय समिति बैठक, मंगलबार फेरि बस्ने

  • २७ असार २०७९, सोमबार
Image

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजको लागि सकिएको छ। बैठक भोलि १ बजे पुनः बस्ने गरी सकिएको हो । बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए।

बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो। बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए।

पार्टीका प्रवक्ता महतका अनुसार बैठक केही दिनसम्म चल्नेछ। बैठकबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने उनले बताए । उनले भ्रातृ संगठनलाई पूर्णता दिने र गतिशील बनाउने तयारी रहेको प्रस्ट पारे।​

प्रतिक्रिया

सम्बन्धित खवर